ग्रह शान्ति ज्योतिष परामर्श

वैदिक ज्योतिष र ग्रह शान्ति परामर्श सेवा

हाम्रो बारेमा

'ग्रह शान्ति ज्योतिष परामर्श' सम्बद्ध विषयका विज्ञहरुको सेवाप्रदायक संस्था हो । यसमा आबद्ध विज्ञहरुले अनलाइनबाट तपाईंको चिना हेर्ने, चिना बनाउने, कुण्डली विश्लेषण गर्ने, ग्रह–दशा बताउने र अरिष्ट ग्रह शान्तिका लागि सबै ग्रहका अधिपति भगवान पशुपतिनाथको मन्दिर परिसरमा जप–परिक्रमा तथा पूजापाठ गर्ने–गराउने गर्दछन् ।

सैद्धान्तिक आधार

हामी एक–आपसको गुरुत्वाकर्षणमा अडिएका छौं । हामी एक–आपसको प्रकाश वा किरणबाट प्रभावित छौं । यो ब्रह्माण्ड ग्रह, उपग्रह र ताराको गुरुत्वाकर्षण र प्रकाशको सन्तुलनमा अडिएको छ । हाम्रा भाग्य र भावना, बोली र व्यवहार, कर्म र प्रतिफलहरुमा गुरुत्वाकर्षण र प्रकाशको प्रभाव छ ।

पूर्वीय दर्शन शास्त्रले ज्योतिष विद्यालाई 'आँखाको दृष्टि' भनेको छ । पराशर, जैमिनी, भृगुआदि अन्तर्यामी विद्वान ऋषिहरुले रचना गरेको शास्त्र ज्योतिष ज्ञानलाई आधुनिक विज्ञानले पनि स्वीकार गरेको छ ।

२७ नक्षत्र, १२ राशि र ९ ग्रहको संयोजनमा ज्योतिषको सिद्धान्त, संहिता र होराको निर्माण भएको छ । आकाश गंगा, जलवायु–वनस्पतिआदि प्राकृतिक–संरचना सञ्चालन र व्यक्ति–व्यक्तिको व्यवहारको व्याख्या गरिएको छ ।

विश्वास र प्रतिबद्धता

हामी ज्योतिष विद्यामा विश्वास गर्ने र अरिष्ट ग्रह पहिचान गरी ग्रहशान्ति गर्ने–गराउने अभ्यास गर्दैआएका सहकर्मी व्यक्तिहरुको समूह 'ग्रह शान्ति ज्योतिष परामर्श' केन्द्रमा आवद्ध भएका छौं । हामी नेपालमा मात्र नभई विश्वको कुनै पनि कुनामा रहेका इच्छुक व्यक्तिलाई शास्त्रअनुसार होरा–परामर्श दिन र प्रतिकूल ग्रहलाई अनुकूल बनाउन सघाउँछौं ।

ज्योतिष परामर्श

'ग्रह शान्ति ज्योतिष परामर्श' केन्द्रका विज्ञहरु कुण्डली हेरेर तपाईंलाई तपाईंका जिज्ञासाहरुको जबाफ दिनेछन् । यसका लागि संसारको कुनै पनि कुनाबाट ह्वाट्सयाप नम्बरबाट 'ग्रह शान्ति ज्योतिष परामर्श'मा सम्पर्क गर्न सक्नुहुनेछ । कुण्डली विश्लेषण सटीक हुनसकोस् भन्ने उद्देश्यले 'पियर रिभ्यू' प्रक्रिया अवलम्बन गरिएको छ ।

ग्रह शान्ति परिक्रमा

ज्योतिष शास्त्रले व्यक्तिका नक्षत्र, राशि र ग्रहका परमाधिपतिका रुपमा पशुपतिनाथलाई मानेको छ । मंगला, पिंगलाआदि योगिनीहरुका पनि अर्धनारीश्वर शिवशंकर भगवान नै आदि स्रोत हुन् । त्यसैले ग्रह शान्तिका लागि पशुपतिनाथ मन्दिर परिसरजस्तो उपयुक्त स्थल अरु हुनै सक्तैन ।

'ग्रह शान्ति ज्योतिष परामर्श' का धार्मिक कर्मचारीहरु तपाईंको संकल्पअनुसार अरिष्ट ग्रहलाई प्रसन्न बनाउन तपाईंको लागि ग्रहको नाममा जप गर्दै ग्रह शान्ति परिक्रमा गर्दछन् । शास्त्रअनुसार ग्रहलाई प्रसन्न बनाउन जप, पूजा र दान नै सर्वाधिक प्रभावशाली उपाय पनि हो । ग्रहको शक्ति बढाउन 'स्टोन'आदि धारण गर्न चाहनेहरुका लागि पनि परामर्श दिइने नै छ ।

भुक्तानी विधि

हाम्रो सेवाको लागि तपाईं eSewa मार्फत भुक्तानी गर्न सक्नुहुन्छ। तलको QR कोड स्क्यान गर्नुहोस्।

eSewa Payment QR Code

eSewa QR कोड स्क्यान गर्नुहोस्

विश्व शान्ति, समृद्धि र प्रसन्नता हाम्रो चाहना

सम्पर्क

संयोजक

कपिलदेव साडिल्य
Kapildev Sādilya

ह्वाट्सएप नम्बर

+977 9767197803

ह्वाट्सएपमा सम्पर्क गर्नुहोस्

Facebook